मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

६ लाखभन्दा बढी मूल्यका पटाकासहित दुई भारतीय नागरिक पक्राउ

meronepaltv
meronepaltv
1 दिन अगाडि
52
0
६ लाखभन्दा बढी मूल्यका पटाकासहित दुई भारतीय नागरिक पक्राउ
सारांश

पटाका तथा अन्य विस्फोटक पदार्थसहित दुई भारतीय नागरिक पक्राउ परेका छन्। जिल्लाका विभिन्न स्थानबाट भिरझिरे, खुर्सानी, चक्र, रकेटलगायत ६ लाख २३...

पटाका तथा अन्य विस्फोटक पदार्थसहित दुई भारतीय नागरिक पक्राउ परेका छन्। जिल्लाका विभिन्न स्थानबाट भिरझिरे, खुर्सानी, चक्र, रकेटलगायत ६ लाख २३ हजार ४६५ रुपैयाँ बराबरका पटाका बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा भारतको मोतिहारी जिल्ला घर भई हाल कालिका नगरपालिका–६, हरिहरटोल बस्ने ४१ वर्षीय सञ्जय साह तेली र सोही स्थानका २९ वर्षीय कन्हैया कुमार रहेका छन्। कन्हैया भरतपुर महानगरपालिका–३, बाह्रघरेमा बस्दै आएका थिए।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार उनीहरूको साथबाट ८० हजार ३७२ वटा पटाका र नगद १ लाख ७२ हजार ३०० रुपैयाँसमेत बरामद गरिएको छ।

प्रहरी उपरीक्षक पौडेलले पटाकाजस्ता विस्फोटक पदार्थको कारोबार भइरहेको जानकारी पाएमा नजिकको प्रहरी कार्यालयमा खबर गर्न आग्रह गरेका छन्। पक्राउ परेकाहरूलाई विस्फोटक पदार्थको ओसारपसार तथा सञ्चयसम्बन्धी कसुरमा म्याद थप गरी कानुनी कारबाही अघि बढाइने प्रहरीले जनाएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार