Monday, March 2, 2026

सुनको मूल्यमा उच्च उछाल: तोलामै ५,६०० रुपैयाँ वृद्धि, चाँदी पनि महँगियो


काठमाडौं, १० फागुन - नेपाली बजारमा आइतबार सुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ ले तोकेको नयाँ दरअनुसार सुन प्रतितोला ५ हजार ६ सय रुपैयाँले बढेर ३ लाख १० हजार ३ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुन ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

यसअघि माघ १५ गते सुनको मूल्य हालसम्मकै उच्च ३ लाख ३९ हजार रुपैयाँ प्रतितोला पुगेको रेकर्ड कायम भएको थियो।

त्यसैगरी, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। अघिल्लो दिन ५ हजार ५० रुपैयाँ प्रतितोला रहेको चाँदी आइतबार ३७५ रुपैयाँले बढेर ५ हजार ४२५ रुपैयाँ पुगेको छ। चाँदीले पनि माघ १५ गते ७ हजार ५०५ रुपैयाँ प्रतितोला पुगेर ऐतिहासिक कीर्तिमान बनाएको थियो।

बजारमा सुन–चाँदीको मूल्यमा देखिएको यो उतारचढावले लगानीकर्ता तथा उपभोक्तामा चासो बढाएको छ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like

  • by समाचार कक्ष
  • Jul 16, 2025
बैंकहरूले घटाए ब्याजदर