- by समाचार कक्ष
- Mar 19, 2025
बुधबार आफ्नो निजी युट्युब च्यानलमार्फत ‘जाने भए जाम माया’ बोलको गीत सार्वजनिक गरेका गायक तथा मोडल दुर्गेश थापाले २४ घण्टामै धमाका मच्चाएका छन् । उनको गीतले बिहीबार राति ९ बजे यो समाचार तयार पर्दासम्म २२ लाख भन्दा धेरै दर्शक पाइसकेको छ ।
दुर्गेशले यो पटक भ्लगर सिसन बानियासँग समेत सहकार्य गरेका छन् । गीतमा दुर्गेशसहित सिसन र अल्हाजी गेरो (विदेशी नागरिक)को आवाज रहेको छ । गीत दुर्गेशले नै लेखका हुन् भने म्युजिक भिडियोमा दुर्गेश, सिसन र गेरोसहित गुराँस नानीको अभिनय रहेको छ ।
गीतले अहिले युट्युबको नम्बर १ ट्रेन्डिङ कब्जा गरिसकेको छ भने विदेशका कतिपय देशमा समेत ट्रेन्डिङमा रहेको बताएको छ । नेपालमा छोटो समयमै यति धेरै भ्युज हुने गीतको रेकर्ड पनि दुर्गेशकै गीतले बनाएको बताइएको छ ।