Monday, June 1, 2026

युवालाई एकताबद्ध गर्दै मिराज ढुंगाना, वैकल्पिक राजनीतिक शक्तिको अभियान देशभर विस्तार


जेनजी आन्दोलनका अगुवा मिराज ढुंगाना युवालाई संगठित गर्दै वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यसहित नयाँ अभियानमा सक्रिय भएका छन्। उनको नेतृत्वमा देशभर युवा सञ्जाल विस्तार अभियान तीव्र रूपमा अघि बढिरहेको बताइएको छ।

युवाकेन्द्रित अभियानमार्फत देशभरका युवालाई एकीकृत गर्दै जनताको समस्या, स्थानीय आवश्यकता र आकांक्षालाई नजिकबाट बुझ्ने तथा समाधानका लागि सक्रिय पहल गर्ने लक्ष्य राखिएको छ। अभियानले युवाको ऊर्जा, सोच र नेतृत्वलाई संगठित गरेर देश निर्माणमा केन्द्रित गर्ने उद्देश्य लिएको जनाएको छ।

यसैक्रममा विभिन्न जिल्लामा संगठन विस्तार र जिम्मेवारी बाँडफाँडको काम सुरु गरिएको छ। अभियान अन्तर्गत चितवन जिल्लाको नेतृत्व बिशु गुरुङलाई दिइएको छ भने विकल घताने र याञ्जल थापा मगरलाई सह–संयोजकको जिम्मेवारी तोकिएको छ।

सामाजिक सञ्जाल फेसबुकमार्फत ढुंगानाले नवगठित टोलीको नेतृत्वमा चितवनमा युवाको आवाज, जनताको आवश्यकता र स्थानीय समस्यालाई केन्द्रमा राखेर प्रभावकारी तथा परिणाममुखी अभियान सञ्चालन हुने विश्वास व्यक्त गरेका छन्।

युवा सशक्तीकरण, जनसहभागिता र वैकल्पिक राजनीतिक सोचलाई प्राथमिकतामा राखिएको यो अभियानले देशभर नयाँ राजनीतिक बहस सिर्जना गर्नुका साथै युवामाझ नयाँ उत्साह थप्ने दाबी गरिएको छ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like