Sunday, May 31, 2026

सर्वोच्चको आदेशपछि कर्मचारी संगठन उत्साहित, भवानी दाहाल भन्छिन्– ‘धाकधम्कीसँग नडराई अघि बढौँ’


नेपाल निजामती कर्मचारी संगठनकी अध्यक्ष भवानी न्यौपाने दाहालले कर्मचारीहरूलाई कुनै पनि दबाब वा धाकधम्कीसँग नडराई ट्रेड युनियन अधिकारका लागि एकजुट भएर अघि बढ्न आग्रह गरेकी छन्।

सर्वोच्च अदालतको संवैधानिक इजलासले निजामती कर्मचारीको ट्रेड युनियन खारेजीसम्बन्धी सरकारी अध्यादेश तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि उनले यसलाई कर्मचारी आन्दोलनको प्रारम्भिक सफलता भएको बताएकी हुन्।

रिट निवेदकसमेत रहेकी दाहालले विज्ञप्ति जारी गर्दै कर्मचारीहरूलाई आफू रहेको स्थानमै दृढ भएर जनताको सेवा र राष्ट्रको हितमा अझ प्रभावकारी ढंगले काम गर्न आह्वान गरेकी छन्। उनले कार्यालय समयबाहेक सामाजिक तथा सांगठनिक गतिविधिमा सहभागी हुँदा कसैको धम्कीबाट त्रसित हुन नपर्ने उल्लेख गरेकी छन्।

उनले सांगठनिक एकतालाई नै कर्मचारीहरूको मुख्य शक्ति भएको बताउँदै लोकतन्त्र र अधिकार रक्षाको लडाइँमा सबैको साथ आवश्यक रहेको धारणा व्यक्त गरिन्।

सोमबार सर्वोच्च अदालतको संवैधानिक इजलासले बहुमतका आधारमा सरकारले अध्यादेशमार्फत गरेको ट्रेड युनियन खारेजीको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको थियो।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like