Monday, June 1, 2026

“यही कार्यकालमा जातीय विभेद अन्त्य गरौँ” - सरकारलाई सांसद रिमा विश्वकर्माको खुला चुनौती


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रिमा विश्वकर्माले जातीय विभेद र छुवाछुत अन्त्यका लागि सरकार गम्भीर बन्नुपर्ने बताएकी छन् । उनले दलित समुदायप्रति समाजले राख्दै आएको विभेदपूर्ण दृष्टिकोण परिवर्तन गर्न सरकार सचेत हुनुपर्नेमा जोड दिइन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद विश्वकर्माले जातीय हिंसालाई दलित समुदायको मात्र मुद्दा ठान्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताइन् । समाजले यस्ता घटनालाई बेवास्ता गर्ने मानसिकता त्याग्नुपर्ने उनको भनाइ थियो ।

उनले सदियौँदेखि दलित समुदायले अन्याय र विभेद भोग्दै आएको उल्लेख गर्दै केवल क्षमायाचनाले मात्रै न्याय नहुने धारणा राखिन् । “दलित समुदायमाथि भएको विभेदप्रति क्षमा माग्नु मात्रै पर्याप्त हुँदैन, त्यससँगै ठोस क्षतिपूर्ति र न्यायको व्यवस्था पनि हुनुपर्छ,” उनले भनिन् ।

सांसद विश्वकर्माले सरकारले आफ्नै कार्यकालभित्र छुवाछुत र जातीय विभेद अन्त्य गर्ने स्पष्ट लक्ष्यसहित काम गर्नुपर्ने चुनौतीसमेत दिइन् । सतिप्रथा र कमलरी प्रथाजस्ता सामाजिक विकृति अन्त्य भएको उदाहरण दिँदै उनले जातीय विभेद अन्त्य पनि सम्भव रहेको बताइन् ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like