Sunday, May 31, 2026

लिपुलेक मुद्दामा भारतलाई कूटनीतिक नोट, बेलायतसँग पनि छलफल : प्रधानमन्त्री शाह


काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले लिपुलेक–लिम्पियाधुरा क्षेत्रसँग सम्बन्धित सीमा विवाद समाधानका लागि सरकारले भारत र चीनसँग मात्र नभई बेलायतसँग पनि संवाद अघि बढाएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा एमाले सांसद पद्मा अर्यालले भारत र चीनबीच हालै भएको समझदारीबारे सरकारको धारणा मागेपछि प्रधानमन्त्री शाहले यस्तो जानकारी दिएका हुन्।

उनले उक्त सीमा विवादको ऐतिहासिक पृष्ठभूमि ब्रिटिस भारतसँग जोडिएको उल्लेख गर्दै यस विषयमा बेलायतको पनि नैतिक तथा ऐतिहासिक सरोकार रहेको सरकारको बुझाइ रहेको बताए।

प्रधानमन्त्री शाहका अनुसार सरकारले यसअघि नै भारत र चीन दुवैलाई कूटनीतिक नोट पठाइसकेको छ। भारतले उक्त नोटको जवाफ दिँदै दुवै देशका विज्ञहरूको सहभागितामा वार्तामार्फत समाधान खोज्ने प्रस्ताव गरेको जानकारी पनि उनले दिए।

शाहले सीमा विवादको दीर्घकालीन समाधानका लागि कूटनीतिक पहललाई निरन्तरता दिइने र सम्बन्धित सबै पक्षसँग आवश्यक संवाद तथा परामर्श अघि बढाइने बताएका छन्।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like