- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले वर्तमान सरकार संसद्प्रति जिम्मेवार र उत्तरदायी नबनेसम्म आफ्नो पार्टीले विरोध जारी राख्ने बताएका छन् ।
बुधबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारको आलोचना र संसद्प्रति जवाफदेहिता सुनिश्चित गर्नुपर्ने आफ्नो अडान दोहोर्याए । उनले प्रधानमन्त्री बालेन्द्र शाहले गृहमन्त्रीको जिम्मेवारी पनि सम्हालिरहेकाले सम्बन्धित मन्त्रालयका प्रश्नहरूको जवाफ दिनुपर्नेमा जोड दिए ।
अध्यक्ष साम्पाङले सरकारविरुद्धको विरोध आगामी पाँच वर्षसम्म निरन्तर रहने स्पष्ट पारे । “हामी विरोध गरिरहन्छौँ, पाँचै वर्ष गर्छौँ,” उनले भने । साथै, सरकारको आलोचना गरेको आधारमा निलम्बन गरिए पनि आफूहरू तयार रहेको उनको भनाइ थियो ।