Thursday, April 16, 2026

विवादास्पद अभिव्यक्तिपछि बादलमाथि एमालेको कारबाही संकेत


काठमाडौं - नेकपा एमालेले कार्यवाहक अध्यक्ष तथा संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’लाई पार्टीको आधिकारिक नीति र मूल्य–मान्यताविपरीत अभिव्यक्ति नदिन सचेत गराउने निर्णयतर्फ अघि बढेको छ।

पार्टी स्रोतका अनुसार, हालै संसदमा बादलले व्यक्त गरेका धारणा एमालेको स्थापित अडानसँग नमिल्ने ठहर गरिएको छ। त्यसैका आधारमा उनलाई संसदीय आचरण र प्रक्रिया सम्बन्धी मार्गदर्शन दिँदै भविष्यमा यस्ता अभिव्यक्ति नदोहो¥याउन चेतावनी दिने तयारी गरिएको हो।

आज दिउँसो बस्ने एमाले सचिवालय बैठकमा यस विषयमा विस्तृत छलफल हुने बताइएको छ। उपाध्यक्ष विष्णु पौडेलका अनुसार, बैठकले बादलको अभिव्यक्तिबारे गम्भीर समीक्षा गर्दै आवश्यक निर्णय लिनेछ।

गत चैत १९ गते संसदमा बोल्दै बादलले विभिन्न राजनीतिक घटनाक्रमहरूलाई षड्यन्त्रको परिणामका रूपमा व्याख्या गरेका थिए। उनले नेपाली सेना, कर्मचारी संयन्त्र तथा केही विदेशी निकायहरूमाथि समेत आरोप लगाउने शैलीमा अभिव्यक्ति दिएका थिए, जुन पार्टीको आधिकारिक धारणा विपरीत मानिएको छ।

उनको उक्त अभिव्यक्तिले एमालेभित्रै बहस र असन्तुष्टि उत्पन्न गरेको छ। नेता सुरेन्द्र पाण्डेले अप्रत्यक्ष रूपमा प्रतिक्रिया दिँदै वर्तमान राजनीतिक अवस्थाका लागि आफ्नै पार्टी नेतृत्वको कमजोरी पनि जिम्मेवार रहेको संकेत गरेका छन्।

हाल समानुपातिक प्रणालीमार्फत सांसद रहेका बादल, पार्टी अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा कार्यवाहक अध्यक्ष तथा संसदीय दलको नेताको जिम्मेवारी सम्हालिरहेका छन्।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like