- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं, १९ चैत - नेकपाका उपाध्यक्ष तथा सांसद वर्षमान पुनले ०६४ सालको निर्वाचनमा पार्टीले प्राप्त गरेको बहुमतलाई प्रभावकारी रूपमा उपयोग गर्न नसकेको स्वीकार गरेका छन्।
प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले तत्कालीन नेकपा माओवादीले ०६४ सालमा उल्लेखनीय विजय हासिल गरे पनि त्यस उपलब्धिलाई संस्थागत गर्न नसकिएको बताए।
उनले भने, “०६४ सालको चुनावमा हामीले ठूलो सफलता पायौं। ०७४ सालमा दुई दल मिलेर प्रतिस्पर्धा गर्यौं र पछि पार्टी एकता पनि गर्यौं। तर, त्यसलाई सही रूपमा सदुपयोग गर्न सकेनौं।”
पुनले आफ्नो विगतबाट पाठ सिक्दै आगामी दिनमा सुधार आवश्यक रहेको उल्लेख गरे। साथै, उनले रास्वपालाई पनि उदाहरणका रूपमा लिएर देश र राजनीतिक प्रणालीलाई सुदृढ बनाउन सबै दलले सहकार्य गर्नुपर्नेमा जोड दिए।
उनले देशको विकास र स्थायित्वका लागि आफ्नो पार्टीले आवश्यक सहयोग गर्न तयार रहेको समेत स्पष्ट पारे।