Thursday, April 16, 2026

ट्रम्पको ठूलो निर्णय: महान्यायाधिवक्ता बर्खास्त, आर्मी चिफलाई पनि राजीनामाको दबाब


काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महान्यायाधिवक्ता पाम बोन्डीलाई पदबाट हटाउँदै नयाँ नियुक्तिको घोषणा गरेका छन्। बोन्डीको स्थानमा पूर्व उपमहान्यायाधिवक्ता टोड ब्लान्चलाई जिम्मेवारी दिने तयारी गरिएको छ।

ट्रम्पले यो जानकारी आफ्नै सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन्। बोन्डी ट्रम्प प्रशासनकी निकट सहयोगी र बलियो समर्थकका रूपमा चिनिन्थिन्। यसअघि पनि ट्रम्प प्रशासनले गृह सुरक्षा प्रमुख क्रिस्टी नोमलाई पदमुक्त गरिसकेको छ।

पदमुक्त भएपछि बोन्डीले महान्यायाधिवक्ताको जिम्मेवारी सम्हाल्नु आफ्नो जीवनको महत्वपूर्ण अवसर भएको उल्लेख गर्दै अब नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गर्ने बताएकी छन्। उनले आगामी दिनमा पनि ट्रम्प प्रशासनको पक्षमा सक्रिय रहने संकेत दिएकी छन्।

यसैबीच, इरानसँगको तनावपूर्ण अवस्थाबीच अमेरिकी रक्षामन्त्री पिट हेगसेथले आर्मी चिफ अफ स्टाफ र्‍यान्डी जर्जलाई राजीनामा दिन आग्रह गरेका छन्।

पेन्टागनका प्रवक्ताका अनुसार जर्ज चाँडै पदबाट बाहिरिने तयारीमा छन्, तर राजीनामाको कारण खुलाइएको छैन। रक्षा विभागका एक अधिकारीले सेनामा नेतृत्व परिवर्तनको आवश्यकता महसुस गरिएको बताएका छन्।

जर्ज पदबाट हटेपछि आर्मीका उपप्रमुख जनरल क्रिस्टोफर ला–नेभले कार्यवाहक प्रमुखको जिम्मेवारी सम्हाल्ने बताइएको छ। जर्जलाई सन् २०२३ मा पूर्वराष्ट्रपति जो बाइडेनले नियुक्त गरेका थिए र उनले विभिन्न अन्तर्राष्ट्रिय सैन्य अभियानहरूमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like