- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं, १३ जेठ । सरकारले आवश्यक विधेयक उपलब्ध नगराउँदा राष्ट्रिय सभामा बिजनेसको अभाव देखिएको छ । पछिल्लो समय छलफलका लागि पर्याप्त एजेन्डा नहुँदा राष्ट्रिय सभाको कार्यसूची सीमित बनेको हो ।
राष्ट्रिय सभाका सचिव तुलबहादुर कंडेलका अनुसार हाल राष्ट्रिय सभामा केही विधेयक मात्रै विचाराधीन अवस्थामा रहेका छन् । प्रतिनिधिसभाबाट पारित भएर आएका प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक र मतदाता नामावली (पहिलो संशोधन) विधेयक अहिले राष्ट्रिय सभामा पुगेका छन् ।
यसैगरी, प्रतिनिधिसभाबाट पारित भइसकेको वैकल्पिक विकास वित्त परिचालन विधेयक पनि राष्ट्रिय सभामा विचाराधीन छ । यी बाहेक थप कुनै महत्वपूर्ण बिजनेस राष्ट्रिय सभामा नरहेको बताइएको छ ।
राष्ट्रिय सभाको आगामी कार्यसूची र बिजनेस व्यवस्थापनबारे छलफल गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक बिहान साढे ११ बजे बस्ने तयारी गरिएको छ ।