Monday, June 1, 2026

नागरिकता प्रकरणमा वीरगंज मेयर राजेशमान बिहानै अदालतमा, सुनुवाइ नभएपछि फर्किए


काठमाडौं, १३ जेठ । नागरिकता सम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएपछि वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह बुधबार बिहान पर्सा जिल्ला अदालतमा उपस्थित भएका छन् ।

कार्यालय समय सुरु हुनासाथ बिहान ९ बजे अदालत पुगेका सिंहले सञ्चारमाध्यममार्फत आफूविरुद्ध म्याद जारी भएको जानकारी पाएपछि न्यायिक प्रक्रियामा सहयोग गर्न स्वेच्छाले उपस्थित भएको बताएका छन् ।

तर अदालतमा मुद्दाको चाप अत्यधिक रहेका कारण आज उनको मुद्दामा सुनुवाइ हुन नसक्ने अवस्था बनेको अदालत स्रोतले जनाएको छ । सुनुवाइ नहुने भएपछि मेयर सिंह अदालतबाट फर्किएका छन् ।

जिल्ला अदालत पर्साले सिंहविरुद्ध नागरिकता लिखतसम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ पुर्जी जारी गरेको हो । सोही प्रकरणमा उनकी श्रीमती तथा वीरगंज महानगरपालिका वडा नम्बर ३ का तत्कालीन स्थानीय पञ्जिकाधिकारी भिखारी रायविरुद्ध पनि पक्राउ पुर्जी जारी गरिएको अदालतले जनाएको छ ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like