- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौँ – पूर्वराष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले पहिलो पटक आफ्नो निजी निवास अवलोकन गरेकी छन्, जुन जेनजी आन्दोलनको क्रममा आगलागीमा क्षतिग्रस्त भएको थियो।
बिहीबार बिहान बुढानीलकण्ठ-२ पुगेकी भण्डारीले जलेका संरचनाको स्थिति निरीक्षण गरिन्। भदौ २४ गते आन्दोलनकारीहरूले सरकारी र निजी संरचना जलाउँदा उनको निवास पनि क्षतिग्रस्त भएको थियो। आगलागीको दिन नै सुरक्षा टोलीले उनलाई सुरक्षित स्थानमा लगेको थियो। त्यसयता उनी आफ्नो छोरीको निवास बालुवाटारमा बस्दै आएकी छन्।