Monday, March 2, 2026

मतदाता परिचयपत्र नभए पनि भोट हाल्न पाइने : सरकारी कागजात देखाए पुग्ने आयोगको स्पष्टिकरण


काठमाडौं, १४ फागुन । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम समावेश भएका नागरिकले मतदाता परिचयपत्र नभए पनि अन्य सरकारी कागजातका आधारमा मतदान गर्न पाउने स्पष्ट पारेको छ।

प्रतिनिधि सभा सदस्य निर्वाचन (मतदान) निर्देशिका, २०८२ को दफा ४३ र ८४ अनुसार मतदानका लागि जाँदा मतदाता परिचयपत्र साथमा लैजानुपर्ने व्यवस्था छ। तर, उक्त परिचयपत्र नभएको अवस्थामा नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपूर्जा वा सवारी चालक अनुमतिपत्रमध्ये कुनै एक कागजात प्रस्तुत गरेर मतदान गर्न सकिने व्यवस्था रहेको आयोगले जनाएको छ।

उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको निर्णयअनुसार मतदाता नामावलीमा नाम भएका मतदातालाई यस प्रावधानबारे जानकारी गराउन मतदानस्थलमा खटिने सुरक्षाकर्मी, कर्मचारी तथा सरोकारवालालाई सूचित गरिनेछ।

यसैबीच, गृह मन्त्रालय ले उक्त निर्णय कार्यान्वयनसँगै निर्वाचन आचारसंहिताको पूर्ण पालना सुनिश्चित गर्न सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायलाई निर्देशन दिएको जनाएको छ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like