Monday, March 2, 2026

विश्वप्रकाशको खुला चुनौती: “ओली र बालेन तयार भए, गगनलाई दमक पठाउन कांग्रेस तयार”


काठमाडौं - नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्री पदका दाबेदार नेताहरूसँग खुला बहसका लागि आफ्नो पार्टी तयार रहेको बताएका छन्। उनले केपी शर्मा ओली र बालेन बालेन शाहसँग बहस गर्न कांग्रेसका सभापति गगन थापालाई दमक पठाउन आफूहरू तयार रहेको स्पष्ट पारे।

नेपाल प्रेस युनियन झापाले धुलाबारीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै शर्माले प्रधानमन्त्रीमा प्रस्तावित दुई नेता झापामै रहेको उल्लेख गर्दै प्रत्यक्ष बहसका लागि समय तोक्न आग्रह गरे। “उहाँहरू दमकमै हुनुहुन्छ, हामी गगन थापालाई कहिले पठाऊँ? जुन दिन र जुन समय भन्नुहुन्छ, त्यही समयमा झापा र राष्ट्रिय सञ्चारमाध्यमको उपस्थितिमा प्रत्यक्ष बहस गरौँ,” उनले भने।

शर्माले आफू पार्टीको परिचालन समितिको संयोजकको हैसियतले खुला रूपमा बहसको प्रस्ताव राखेको उल्लेख गर्दै यसलाई सार्वजनिक बहसका रूपमा अगाडि बढाउन सञ्चारमाध्यमलाई आग्रहसमेत गरे।

उनले निर्वाचनलाई उत्तेजना, आवेग र घृणाको मैदान बनाउन नहुने धारणा राखे। मतदाताले पनि संयमता अपनाउँदै विवेकपूर्ण ढंगले मत अभिव्यक्त गर्नुपर्नेमा उनले जोड दिए।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like