Monday, March 2, 2026

दुर्गा प्रसाईको हिरासतविरुद्ध दायर रिटमा आज सुनुवाइ, सर्वोच्चको संयुक्त इजलासमा बहस हुँदै


काठमाडौँ - मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग सम्बन्धित बन्दीप्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ हुने भएको छ। उक्त रिटको पेसी सर्वोच्च अदालतमा न्यायाधीशद्वय नहकुल सुवेदी र मेघराज पोखरेलको संयुक्त इजलासमा तोकिएको छ।

यसअघि सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले प्रसाईलाई अदालतमा उपस्थित गराउन आदेश दिँदै पक्राउ गर्नुको कारण स्पष्ट पार्न सम्बन्धित निकायलाई निर्देशन दिएको थियो। प्रसाईको तर्फबाट उमा प्रसाईले बन्दीप्रत्यक्षीकरण रिट दर्ता गरेकी हुन्।

प्रसाई यसअघि माघ २३ गते पक्राउ परेका थिए भने पछि हाजिर जमानीमा रिहा भएका थिए। त्यतिबेला निर्वाचनसम्बन्धी अभिव्यक्तिलाई आधार बनाएर प्रहरीले अनुसन्धान गरी बयान लिएपछि उनलाई छाडिएको थियो।

फागुन २१ गते हुने निर्वाचन प्रभावित पार्ने अभियान सुरु गर्न लागेको आशंकामा प्रहरीले प्रसाईलाई पटक–पटक नियन्त्रणमा लिँदै आएको छ। यसअघि माघ ५ गते पनि पोखराबाट पक्राउ गरी बयान लिएर रिहा गरिएको थियो।

प्रसाईको पक्राउ र त्यससम्बन्धी कानुनी प्रक्रियाले राजनीतिक तथा कानुनी वृत्तमा चर्चा पाएको छ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like