Monday, March 2, 2026

एमालेकी पूर्व सांसद सम्झना थपलिया रास्वपामा प्रवेश, सिराहामा राजनीतिक तरंग


सिराहा - नेकपा एमालेकी निवर्तमान सांसद सम्झना थपलिया राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा औपचारिक रूपमा प्रवेश गरेकी छन्। सिराहाको गोलबजारमा आयोजित विशेष कार्यक्रममा थपलियासहित एमालेका विभिन्न तहका नेता तथा कार्यकर्ताहरू रास्वपामा आबद्ध भएका हुन्।

उनीहरूलाई रास्वपाका नेता तथा समानुपातिक उम्मेदवार पुरुषोत्तम यादवले स्वागत गर्दै पार्टी सुदृढीकरणमा सबैको भूमिकालाई महत्त्वपूर्ण हुने बताए।

थपलिया २०७९ सालको निर्वाचनमा खस आर्यतर्फबाट समानुपातिक प्रणालीमार्फत सांसद निर्वाचित भएकी थिइन्। लामो समयदेखि एमालेमा सक्रिय रहँदै आएकी उनले केही समयअघि सिराहा जिल्लामा ‘परिवारवाद’ हावी भएको र पुराना कार्यकर्ताको उचित मूल्याङ्कन नभएको आरोप लगाउँदै पार्टी त्यागेको घोषणा गरेकी थिइन्।

उनको रास्वपामा प्रवेशसँगै सिराहाको स्थानीय राजनीतिमा नयाँ समीकरण बन्ने चर्चा सुरु भएको छ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like