Monday, June 1, 2026

१० वर्ष कैद सजाय पाएका फरार प्रतिवादी उदयपुरबाट पक्राउ


उदयपुरमा जवरजस्ती करणी मुद्दामा दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

अस्थायी प्रहरी पोस्ट संगमचोकबाट खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका–७ स्थित कौवाई खोला क्षेत्रमा हिँडडुल गरिरहेको अवस्थामा ७० वर्षीय दिलबहादुर मिरिङचिङ मगरलाई सोमबार साँझ नियन्त्रणमा लिएको हो।

उदयपुर जिल्ला अदालतले उनलाई जवरजस्ती करणी सम्बन्धी कसुरमा १० वर्ष कैद सजाय सुनाएको थियो। अदालतको फैसला पछि फरार रहेका उनलाई प्रहरीले खोजतलासका क्रममा पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका मगरलाई फैसला कार्यान्वयनका लागि उदयपुर जिल्ला अदालतमा पेश गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like