Monday, June 1, 2026

गगनको मनोनयनपछि शेखर समूहमा हलचल, आफूनिकट नेतासँग कोइरालाको आकस्मिक छलफल


नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफूनिकट नेताहरूलाई बोलाएर पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गरेका छन्।

सभापति गगन थापाले विशेष महाधिवेशनमा सहभागी नभएका १९ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेपछि कोइराला पक्षभित्र असन्तुष्टि देखिएको बताइएको छ। त्यसलगत्तै नेता कोइरालाले आफ्ना निकट नेताहरूसँग परामर्श सुरु गरेका हुन्।

विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा जारी बैठकमा १४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको सहभागिता रहेको स्रोतले जनाएको छ। बैठकमा नवमनोनित केन्द्रीय सदस्यहरू जीवन परियार, डा. गोविन्दराज पोखरेल, दिनेश कोइराला र उर्मिला थपलियासमेत सहभागी छन्।

छलफलमा सहभागी नेताहरूले केन्द्रीय सदस्य मनोनयन प्रक्रियाबारे आफूहरूसँग कुनै सरसल्लाह नगरिएको भन्दै नेता कोइरालासमक्ष असन्तुष्टि व्यक्त गरेको स्रोतको दाबी छ।

सभापति थापाले मनोनित गरेका १९ जनामध्ये सात जना भने कोइराला समूहसँग निकट मानिने नेताहरू रहेका छन्।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like