Monday, June 1, 2026

विपक्षीको चर्को विरोधबीच सभामुखले अघि बढाए संसद् बैठक


काठमाडौं । विपक्षी दलहरूको निरन्तर अवरोध र नाराबाजीका बीच सभामुख डीपी अर्यालले प्रतिनिधिसभाको बैठक सञ्चालन गरेका छन्। प्रधानमन्त्री बालेन शाह संसद्मा उपस्थित हुनुपर्ने माग गर्दै विपक्षी सांसदहरूले विरोध जनाइरहेका थिए।

विपक्षी दलका सांसदहरू उभिएर विरोध गरिरहेकै अवस्थामा सभामुख अर्यालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेललाई पर्यटन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिएका थिए।

सदनमा विरोध जारी रहँदा पनि सभामुखले विधेयकमाथिको छलफल प्रक्रिया अगाडि बढाएका हुन्।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like