Monday, March 2, 2026

धादिङ बस दुर्घटना प्रकरण: छानबिनका लागि ५ सदस्यीय उच्चस्तरीय कार्यदल गठन


काठमाडौं - धादिङमा भएको भीषण बस दुर्घटनाको छानबिन गर्न गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको छ। मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले घटनाबारे विस्तृत अध्ययन र तथ्य संकलनका लागि कार्यदल बनाइएको जानकारी दिए। उनका अनुसार कार्यदलका संयोजक र सदस्यहरूको नाम भने अझै टुंगो लाग्न बाँकी छ।

सोमबार बिहान पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग.२ ख १४२१ नम्बरको यात्रुबाहक बस धादिङको बेनीघाट रोराङ गाउँपालिका–५, भैंसीगौडामा दुर्घटनामा परेको थियो। दुर्घटनामा १९ जनाको ज्यान गएको पुष्टि राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, रामनगरका एसपी डिल्लीनारायण पाण्डेले गरेका छन्। साथै, २५ जना यात्रु घाइते भएका छन्।

कार्यदल गठनअघि गृहमन्त्री ओमप्रकाश अर्यालले सरोकारवाला निकायसँग छलफल गरेका थिए। उक्त बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, यातायात व्यवस्था विभागका महानिर्देशक, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालका प्रमुख तथा गृह मन्त्रालयका सचिव सहभागी थिए।

सरकारले दुर्घटनाको कारण पत्ता लगाई दोषीमाथि आवश्यक कारबाही गर्ने प्रतिबद्धता जनाएको छ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like