- by समाचार कक्ष
- Mar 06, 2025
केपी शर्मा ओलीले निर्वाचन निष्पक्ष र स्वतन्त्र वातावरणमा सम्पन्न हुनुपर्ने बताएका छन्। मतदाताले बिना दबाब मतदान केन्द्रमा पुगेर स्वतन्त्र रूपमा मताधिकार प्रयोग गर्न पाउनुपर्नेमा जोड दिँदै उनले यस विषयमा नेकपा एमाले सधैं स्पष्ट र अडिग रहेको बताए।
ओलीले कुनै पनि मतदान केन्द्रमा बुथ कब्जा गर्ने सोचसमेत नराख्न चेतावनी दिए। “कसैले बुथ कब्जा गर्ने प्रयास गर्छु भन्ने कल्पना नगरे हुन्छ,” उनले भने, “यस्तो कार्यमा संलग्न हुने कसैले पनि छुट पाउने छैन, र कसैले त्यस्तो गर्न सक्ने अवस्था पनि छैन।”
उनको अभिव्यक्तिले आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउनुपर्ने सन्देश दिएको छ।