Thursday, April 16, 2026

देउवाको निवास भत्काउन रोक, प्रशासनले कामदार हटायो


काठमाडौँ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित भवन भत्काउन स्थानीय प्रशासनले रोक लगाएको छ।

जेनजी आन्दोलनको क्रममा आगजनीमा परेको देउवाको घर भत्काएर नयाँ संरचना निर्माण गर्ने तयारी भइरहेकामा जिल्ला प्रशासन कार्यालय काठमाडौँको निर्देशनमा भत्काउने काम रोकिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँका अधिकारीका अनुसार, प्रहरीले भत्काउने काम रोकेर त्यहाँ कार्यरत कामदारलाई हटाएको छ।

भदौ २४ मा प्रदर्शनकारीले आगजनी गर्दा घरमा रहेका डलर र नेपाली रुपैयाँ जलेको अवस्थामा भेटिएका थिएसम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तत्कालै उक्त रकम सङ्कलन गरेको थियो।

उच्च सरकारी स्रोतका अनुसार, देउवा र उनकी पत्नी आरजु राणामाथि सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान जारी छ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like