Thursday, April 16, 2026

जाँचबुझ आयोगको प्रतिवेदन काठमाडौं प्रहरी परिसरमा, ओली–लेखक पक्राउपछि कार्यान्वयन प्रक्रिया सुरु


काठमाडौँ । गत २३ र २४ भदौका घटनाहरूको छानबिन गर्न गठन गरिएको जाँचबुझ आयोगको प्रतिवेदन जिल्ला प्रहरी परिसर काठमाडौंमा पुगेको छ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा तयार भएको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय सरकारले गरिसकेको थियो। त्यसपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत गृहमन्त्रालयमा पठाइएको उक्त प्रतिवेदन प्रहरी प्रधान कार्यालयमार्फत काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरी हुँदै जिल्ला प्रहरी परिसर काठमाडौं पुगेको हो।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईले प्रतिवेदन आइपुगेको पुष्टि गर्दै भने, “प्रतिवेदन हामीसँग आइपुगेको छ। अब कार्यान्वयनको चरणमा जानेछौं।”

प्रतिवेदन कार्यान्वयनको निर्णयसँगै शनिबार बिहानै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। आयोगले जनेजी आन्दोलनमा भएको हत्यासँग सम्बन्धित आरोपमा ज्यानसम्बन्धी कसुरमा दुवैलाई कारबाही गर्न सिफारिस गरेको थियो। अन्य सुरक्षा संयन्त्रसँग सम्बन्धित विषयहरूमा भने थप छानबिनपछि कारबाही गरिने बताइएको छ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like