Monday, June 1, 2026

दीपक भट्ट प्रकरणमा सीआईबीको कडा कदम, ५६ जना लगानीकर्ता र अधिकारीको सेयर रोक्का


काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले दीपक भट्टसँग सम्बन्धित व्यक्तिहरूमाथि अनुसन्धान तीव्र बनाएको छ । धितोपत्रसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको सीआईबीले ५६ जना लगानीकर्ता तथा विभिन्न कम्पनीका उच्च पदस्थ अधिकारीहरूको सेयर कारोबार रोक्का राख्न निर्देशन दिएको हो ।

सीआईबीले नेपाल धितोपत्र बोर्डलाई पत्राचार गर्दै सम्बन्धित व्यक्तिहरूको लगानी विवरण उपलब्ध गराउन तथा अनुसन्धान अवधिभर उनीहरूको सेयर बिक्री वा हस्तान्तरण रोक्न अनुरोध गरेको छ ।

प्रहरीका अनुसार धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गत अनुसन्धान भइरहेका कारण उल्लेखित व्यक्तिहरूको नाममा रहेको सम्पूर्ण सेयर विवरण संकलन गर्न थालिएको हो ।

सेयर कारोबार रोक्का राख्न भनिएका व्यक्तिहरू विभिन्न बीमा, पुनर्बीमा, माइक्रो इन्स्योरेन्स तथा इन्भेस्टमेन्ट कम्पनीसँग आबद्ध उच्च अधिकारी र मुख्य सेयरधनी रहेका छन् । यसमा हिमालयन रिइन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स, हिमालयन सेक्युरिटी बैंकर, हिमालयन इन्भेस्टमेन्ट बैंकर, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स तथा हिमालयन लाइफ इन्स्योरेन्सका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत र लगानी समिति सदस्यहरू समावेश छन् ।

सीआईबीले प्रकरणसँग जोडिएका आर्थिक गतिविधि र लगानी संरचनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like