Monday, June 1, 2026

‘पूर्वाधारभन्दा शिक्षा र स्वास्थ्य महत्त्वपूर्ण’- बजेटमा प्राथमिकता बदल्न कांग्रेसको दबाब


१४ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य र शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरेको छ ।

आगामी बजेट तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्न बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक बासना थापाले कांग्रेसको धारणा सार्वजनिक गरेकी हुन् ।

उनले विगतका बजेटहरू भौतिक पूर्वाधार निर्माणमा बढी केन्द्रित हुने गरेको उल्लेख गर्दै यसपटक आम नागरिकको प्रत्यक्ष सरोकार रहने स्वास्थ्य र शिक्षामा लगानी बढाउनुपर्ने आवश्यकता औँल्याइन् ।

‘पछिल्ला वर्षहरूमा सरकार परिवर्तन भइरहे पनि बजेट कार्यान्वयन प्रभावकारी हुन सकेको छैन । त्यसैले अबको बजेटमा पूर्वाधारभन्दा स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिनुपर्छ भन्ने नेपाली कांग्रेसको स्पष्ट धारणा छ,’ थापाले भनिन् ।

बैठकमा संसद्मा पार्टीको भूमिका, आगामी रणनीति तथा सरकारको कार्यशैलीबारे पनि छलफल भएको थियो । कांग्रेसले सरकारले प्रतिपक्षको आवाजलाई बेवास्ता गरेको आरोप लगाउँदै प्रधानमन्त्रीले संसद्मा उठाइएका प्रश्नको पर्याप्त जवाफ नदिएको भन्दै असन्तुष्टि जनाएको छ ।

थापाले सरकारसँग करिब दुईतिहाइ समर्थन भए पनि त्यसको प्रभावकारी उपयोग हुन नसकेको टिप्पणी गर्दै लोकतान्त्रिक अभ्यासअनुसार प्रतिपक्षका सुझावलाई पनि सम्मान गर्नुपर्ने बताइन् ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like