Monday, June 1, 2026

ठेक्का समयमै नसक्ने दुई ठूला निर्माण व्यवसायी प्रहरी नियन्त्रणमा


काठमाडौं । निर्माण व्यवसायी रमेश शर्मा र पीताम्बर बडुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शर्मा एन्ड कम्पनीका सञ्चालक रमेश शर्मा तथा लामा कन्स्ट्रक्सनका पीताम्बर बडुलाई नियन्त्रणमा लिएर सहरी विकास मन्त्रालयमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार सहरी विकास मन्त्रालयको पत्रका आधारमा दुवै व्यवसायीलाई नियन्त्रणमा लिइएको हो ।

मन्त्रालयले उनीहरूले जिम्मा लिएका निर्माण ठेक्का निर्धारित समयमा सम्पन्न नगरेको भन्दै उपस्थित गराइदिन प्रहरीलाई अनुरोध गरेको थियो । त्यसपछि प्रहरीले उनीहरूलाई काठमाडौंको गोङ्गबु क्षेत्रबाट नियन्त्रणमा लिएको जनाएको छ ।

निर्माण कार्यमा ढिलासुस्ती र ठेक्का व्यवस्थापनको विषयलाई लिएर पछिल्लो समय सरकारको निगरानी बढिरहेका बेला यो कदमलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like