Monday, June 1, 2026

‘बालेनकी पत्नीलाई राष्ट्रिय माता मान्नुस्’ : अभिव्यक्तिपछि सुशीला कार्कीको स्पष्टीकरण


काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहकी पत्नीलाई ‘राष्ट्रिय माता’ का रूपमा सम्मान गर्नुपर्ने अभिव्यक्ति दिएकी छन् । हिन्दू संस्कृतिमा सानो उमेरका महिलालाई समेत ‘आमा’ वा ‘माता’ भनेर सम्बोधन गर्ने परम्परा रहेको उनको तर्क छ ।

दुई दिनअघि दिएको विवादास्पद अभिव्यक्तिबारे सञ्चारकर्मीले प्रश्न गरेपछि चलचित्र ‘एक मुठ्ठी बादल’ को प्रिमियर कार्यक्रममा कार्कीले आफ्नो भनाइको बचाउ गरेकी हुन् । उनले आफूले टिप्पणी गरेको पत्रकारप्रति असन्तुष्टि व्यक्त गर्दै व्यक्तिगत व्यवहारका कारण त्यस्तो प्रतिक्रिया दिएको बताइन् ।

कार्कीले आफू परिवारका सदस्यहरूको ‘आमा’ भएको उल्लेख गर्दै सम्बन्ध र सम्मानको आधारमा ‘आमा’ को हैसियत हस्तान्तरण हुन सक्ने धारणा व्यक्त गरिन् ।

उनले हिन्दू संस्कृतिमा सानो उमेरका महिलालाई समेत सम्मानपूर्वक ‘माता’ भन्ने चलन रहेको उल्लेख गर्दै बालेन शाहकी पत्नीलाई पनि सम्मानका साथ ‘माताश्री’ वा ‘राष्ट्रिय माता’ भन्न आग्रह गरेको स्पष्ट पारिन् ।

कार्कीका अनुसार आफ्नो अभिव्यक्तिलाई गलत ढंगले प्रस्तुत गरिएको भन्दै त्यसबारे भ्रम फैलाइएको दाबी गरेकी छन् ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like