Monday, March 2, 2026

तारकेश्वरको घरभित्र चितुवा प्रवेश, दुई जना घाइते


काठमाडौं । काठमाडौँ महानगरसँग जोडिएको तारकेश्वर-९ मा आइतबार एक घरभित्र चितुवा पसेपछि दुई जना घाइते भएका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार, स्थानीय बासिन्दाको घरमा प्रवेश गरेको चितुवाले आक्रमण गर्दा दुलाल महर्जनमायानाथ वाग्ले घाइते भएका हुन्। महर्जनको टाउको र हातमा सामान्य चोट लागेको छ भने वाग्लेको हातमा चोट लागेको प्रहरीले जनाएको छ।

घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको छ। घटनापछि चितुवालाई घरभित्रै थुनेर नियन्त्रणमा राखिएको र वन कार्यालयको टोली बोलाएर थप नियन्त्रणको तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like