- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि आजदेखि श्रम स्वीकृति प्रक्रिया सहज बनाइएको छ। अब आवेदन दिएकै दिन श्रम स्वीकृति प्राप्त गर्न सकिने व्यवस्था लागू गरिएको छ।
यसअघि दैनिक सीमित संख्यामा मात्र टोकन प्रणालीमार्फत श्रम स्वीकृति दिइँदै आएकोमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उक्त प्रणाली हटाउने निर्णय गरेको हो। मन्त्रालयको निर्देशनअनुसार वैदेशिक रोजगार विभागले नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको छ।
आवश्यक कागजात पूरा भएको अवस्थामा सोही दिन श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति उपलब्ध गराइने विभागले जनाएको छ।
यसअघि आइतबार दिपक कुमार साहको उपस्थितिमा बसेको बैठकले श्रम क्षेत्र सुधारका कार्यक्रम अघि बढाउने निर्णय गरेको थियो।
सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीलाई कार्यान्वयनमा ल्याउँदै श्रम तथा रोजगार क्षेत्रलाई थप व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन विभिन्न योजना लागू गर्न निर्देशन दिइएको छ।