Thursday, April 16, 2026

सम्पत्ति शुद्धीकरण अनुसन्धानबीच पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना, स्वास्थ्यमा अचानक समस्या


काठमाडौँ । सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा हिरासतमा रहेका पूर्वमन्त्री दीपक खड्कालाई स्वास्थ्य समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको नियन्त्रणमा रहेका खड्कालाई प्रारम्भमा प्रहरी प्रभाग पुल्चोकको हिरासतमा राखिएको थियो। विभागले अदालतबाट सात दिनको म्यादसमेत लिएको थियो।

गएराति करिब साढे १२ बजे अचानक बान्ता भएपछि अनुसन्धान अधिकृतसँगको समन्वयमा उनलाई नर्भिक अस्पताल लगिएको थियो। त्यहाँ उपचारका क्रममा अवस्था सुधार नआएपछि थप उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा रिफर गरिएको हो।

हाल शिक्षण अस्पतालमा उनको उपचार भइरहेको विभागका एक अधिकृतले जानकारी दिएका छन्। खड्काविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दामा विभागले अनुसन्धान अघि बढाइरहेको छ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like