Monday, June 1, 2026

सेयर बजारमा हरियाली, नेप्से २७ अङ्कले उकालो लाग्दा कारोबार झन्डै ६ अर्ब


काठमाडौँ । साताको पहिलो कारोबार दिन सोमबार नेपाली सेयर बजारमा उत्साहजनक सुधार देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २७.८५ अङ्कले बढ्दै २७८६.३५ बिन्दुमा पुगेको हो।

आज ३४२ कम्पनीको १ करोडभन्दा बढी कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ५ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ। कारोबारमा सहभागी १३ उपसमूहमध्ये १२ उपसमूहको सूचकमा वृद्धि देखिएको छ भने म्युचुअल फन्ड समूह मात्र घटेको छ।

कारोबारका क्रममा २३५ कम्पनीको सेयर मूल्य बढेको छ भने २८ कम्पनीको मूल्य घटेको छ। सात कम्पनीको मूल्य भने स्थिर रहेको नेप्सेले जनाएको छ।

आज सबैभन्दा बढी वृद्धि थ्रिस्टार हाइड्रोपावरको सेयरमा देखिएको छ। यससँगै सुपर खुदी, अप्पर हेवाखोला, माया खोला र रिडि लाइनका लगानीकर्ताले पनि उल्लेख्य लाभ कमाएका छन्।

उता, बुंगल हाइड्रोपावरको सेयर मूल्यमा सबैभन्दा धेरै १०.३२ प्रतिशतको गिरावट आएको छ। कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत कम्पनी अग्रस्थानमा रह्यो। उक्त कम्पनीको ६० करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

त्यस्तै, रिडि पावरको ३० करोड, एपीआई पावरको १८ करोड, नेसनल हाइड्रोको १५ करोड तथा न्यादी ग्रुपको १४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like