Monday, June 1, 2026

सेयर बजार १२ अंकले घट्यो, कारोबार भने बढेर ३.८९ अर्ब नाघ्यो


काठमाडौं । सेयर बजार बिहीबार सामान्य गिरावटसँगै बन्द भएको छ । अघिल्लो दिन ३० अंकले बढेको नेप्से परिसूचक आज १२.३६ अंकले घट्दै २७४२ अंकमा झरेको छ ।

बजार घटेपनि कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ३ अर्ब ८२ करोडको कारोबार भएकोमा आज ३ अर्ब ८९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । दिनभर बजार अधिकांश समय रातो संकेतमा रहेको देखिएको थियो ।

आज कुल ७२ कम्पनीको सेयर मूल्य बढ्दा १८८ कम्पनीको मूल्य घटेको छ भने ९ कम्पनीको मूल्य स्थिर रहेको छ ।

समग्रमा सबै समूहका सूचक घटेका छन्, यद्यपि गिरावट दर १ प्रतिशतभन्दा कम रहेको छ । बैंकिङ, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, हाइड्रोपावर, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स, निर्जीवन बीमा तथा अन्य समूहका सूचकमा सामान्य गिरावट देखिएको हो । व्यापार समूह भने स्थिर रहेको छ ।

व्यक्तिगत कम्पनीतर्फ बुङ्गल हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ६.१८ प्रतिशतले बढेको छ । डिबेन्चर समूहका केही कम्पनीहरू पनि मूल्य वृद्धिमा अग्रस्थानमा देखिएका छन् ।

त्यसैगरी अपर लोहोरेखोला हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै १४.९५ प्रतिशतले घटेको छ । झापा इनर्जी, माउन्टेन हाइड्रो नेपाल र सिटी होटलका सेयर मूल्य पनि उल्लेख्य रूपमा घटेका छन् ।

आज सर्वाधिक कारोबार हुने कम्पनीहरूमा आँखुखोला जलविद्युत्, रिडी पावर, बुङ्गल हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर र फर्स्ट माइक्रोफाइनान्स रहेका छन् ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like