- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौँ । नेकपा एमालेले पार्टीभित्र नयाँ कार्यविभाजनको तयारी गर्दै पाँच जना सचिवलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिने प्रस्ताव अघि सारेको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको प्रस्तावित कार्यविभाजन खाकाअनुसार विभिन्न प्रदेशको नेतृत्व सचिवहरूलाई दिने तयारी गरिएको हो ।
प्रस्तावअनुसार शेरधन राईलाई कोशी, महेश बस्नेतलाई बागमती, खगराज अधिकारीलाई गण्डकी, यमलाल कँडेललाई कर्णाली तथा छविलाल विश्वकर्मालाई लुम्बिनी प्रदेश इन्चार्जको जिम्मेवारी दिने तयारी गरिएको छ ।
त्यस्तै, मधेस प्रदेशको इन्चार्जमा लिलानाथ श्रेष्ठ र सुदूरपश्चिम प्रदेशको इन्चार्जमा दामोदर भण्डारीलाई प्रस्ताव गरिएको बताइएको छ ।
एमालेभित्र संगठनात्मक संरचना थप प्रभावकारी बनाउने उद्देश्यसहित नयाँ कार्यविभाजनको खाका तयार पारिएको नेताहरूले बताएका छन् ।