- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं - संविधान संशोधनसम्बन्धी बहसपत्र तयार पार्न गठित उच्चस्तरीय कार्यदलको पहिलो बैठक आज बस्दै छ। प्रधानमन्त्री बालेन शाहका प्रमुख राजनीतिक सल्लाहकार असिम शाह को संयोजकत्वमा बनेको “संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२” को बैठक दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना हुन लागेको हो।
कार्यदलमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू समावेश छन्। राष्ट्रिय स्वतन्त्र पार्टी बाट मोहन आचार्य, नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट डा. भीष्मनाथ अधिकारी, नेपाल कम्युनिष्ट पार्टी बाट देव प्रसाद गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टी बाट ज्ञानेन्द्र शाही तथा राष्ट्रिय जनमोर्चा बाट मनोज भट्ट सदस्य रहेका छन्।
यता नेपाली कांग्रेस, श्रम संस्कृति पार्टी, जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल ले भने अहिलेसम्म आफ्ना प्रतिनिधि टुंग्याइसकेका छैनन्। ती दलहरूभित्र आन्तरिक छलफल जारी रहेको र सम्भवतः आजै नाम सार्वजनिक हुने अपेक्षा गरिएको छ।
कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुन सचिव पुष्कर सापकोटा र नेपाल कानुन आयोग की सचिव इन्दिरा दाहाल पनि सदस्यका रूपमा रहेका छन्।
त्यसैगरी, कार्यदलको सदस्य सचिवमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत कानुन तथा फैसला कार्यान्वयन महाशाखाका प्रमुख लिलाधर सुवेदी रहेका छन्।