Thursday, April 16, 2026

स्वर्णिम वाग्लेको स्पष्ट सन्देश: “व्यवसायीलाई त्रसित बनाइँदैन, सीमित गिरफ्तारी ग्रे–लिस्टबाट मुक्त हुनका लागि"


काठमाडौं - स्वर्णिम वाग्लेले पछिल्लो समय केही व्यवसायीमाथि गरिएको कारबाहीलाई लिएर निजी क्षेत्रलाई अनावश्यक रूपमा डराउन नपर्ने स्पष्ट पारेका छन्। नेपाल आर्थिक पत्रकार संघ सँगको संवादमा उनले दीपक भट्टसुलभ अग्रवाल लगायत व्यक्तिहरूको पक्राउ देशलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिस्ट’बाट बाहिर ल्याउने प्रयासको हिस्सा भएको बताए।

उनका अनुसार सरकारले ठूलो संख्यामा व्यवसायीमाथि कडाइ गर्ने वा धरपकडमार्फत त्रास फैलाउने नीति लिएको छैन। ती घटनाहरू गृह मन्त्रालयभन्दा अर्थ मन्त्रालयकै पहलमा अघि बढाइएको पनि उनले उल्लेख गरे।

मन्त्री वाग्लेले बजारमा अनावश्यक नकारात्मक सन्देश नजाओस् भन्नेमा सरकार सचेत रहेको भन्दै सेयर बजारमा त्रास सिर्जना गर्ने अवस्था नरहेको बताए। उनले व्यवसायीलाई हतकडी लगाएर सार्वजनिक रूपमा अपमानित गर्ने शैलीबाट सकेसम्म टाढा रहने प्रतिबद्धता जनाए।

आर्थिक अनियमितताका मुद्दामा कडा कानुनी प्रक्रिया अपनाइने भए पनि प्राथमिकता आर्थिक जरिवाना र सुधारात्मक कदमतर्फ रहने उनको भनाइ छ। निजी क्षेत्रलाई निरुत्साहित गर्नेभन्दा सहकार्य गर्दै आर्थिक अनुशासन कायम गर्ने सरकारको नीति रहेको उनले प्रष्ट पारे।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like