Thursday, April 16, 2026

मन्त्री पत्नीको पुनः नियुक्तिमा विवाद : ‘पत्र नै बुझिन’ भन्दै जुनु श्रेष्ठको सफाइ


काठमाडौँ - स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले श्रम तथा रोजगार मन्त्री दीपक कुमार साहकी पत्नी जुनु श्रेष्ठलाई स्वास्थ्य बीमा बोर्डको सदस्यमा पुनः निरन्तरता दिएको विषयले विवाद चर्किएको छ। यसैबीच, श्रेष्ठले उक्त विषयमा आफ्नो धारणा सार्वजनिक गर्दै स्पष्टीकरण दिएकी छन्।

मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै उनले बीमा बोर्डमा आफ्नो मनोनयनसम्बन्धी कुनै औपचारिक पत्र आफूले नबुझेको दाबी गरेकी छन्।

यसअघि पनि बोर्डको सदस्य रहेकी श्रेष्ठ लगातार बैठकमा अनुपस्थित भएपछि स्वतः निलम्बनमा परेकी थिइन्। निलम्बनपछि पुनः सोही पदमा राखिएको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले परिवारवाद र योग्यताको सवाल उठाउँदै आलोचना गरेको थियो।

उल्लेखनीय छ कि श्रेष्ठको पछिल्लो नियुक्ति २०८० मङ्सिर १४ गते भएको थियो, जहाँ उनले बिमित सदस्यको प्रतिनिधित्व गर्दै भूमिका निर्वाह गर्दै आएकी थिइन्।

यद्यपि, स्वास्थ्य मन्त्रीको सचिवालयले भने श्रेष्ठलाई नयाँ रूपमा नियुक्त नगरी सदस्यका रूपमा बैठकमा निरन्तरता मात्र दिइएको स्पष्ट पारेको छ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like