- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं - अखिल नेपाल फुटबल संघ (एन्फा)ले आफ्नो केन्द्रीय कार्यालय बन्द गरेको छ। चैत १३ गते झापामा आयोजना हुने साधारण सभा तथा निर्वाचनको तयारीका लागि कार्यालय बन्द गरिएको हो।
सातदोबाटो, ललितपुरस्थित एन्फा सचिवालय चैत १० गतेदेखि बन्द रहने जनाइएको छ। यस सम्बन्धमा अध्यक्ष पंकज विक्रम नेम्वाङ र महासचिव किरण राईद्वारा जारी सूचनामार्फत जानकारी गराइएको हो।
हालका लागि कार्यालय पुनः सञ्चालन हुने मिति भने खुलाइएको छैन। एन्फाले साधारण सभा र निर्वाचन प्रक्रियालाई लक्षित गर्दै सम्पूर्ण प्रशासनिक कामकाज अस्थायी रूपमा स्थगित गरिएको जनाएको छ।