Monday, June 1, 2026

सशस्त्र प्रहरीमा बढुवाको लहर : १३ डीएसपी एसपी बन्ने दौडमा


काठमाडौं । सशस्त्र प्रहरी बलमा १३ जना नायब उपरीक्षक (डीएसपी) लाई उपरीक्षक (एसपी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ । बुधबार बसेको बढुवा समितिको बैठकले बढुवा सम्बन्धी सूचना सार्वजनिक गरेको हो ।

बढुवाका लागि सिफारिस हुने अधिकृतहरूमा हरिबहादुर गुरुङ, दीपकराज बराल, गणेशबहादुर शाह, लभकुमार सापकोटा, सचिन कर्माचार्य, दीपकबहादुर कुँवर, किरणकुमार कठायत, दीपकबहादुर विष्ट, भुवनसिंह ठकुरी, रामचन्द्र थापा, जगतसिंह डागा, नवीन सिंह राई तथा पङ्कज पौडेल रहेका छन् ।

बढुवा समितिका सदस्य सचिव डीआईजी दीपक अधिकारीद्वारा जारी सूचनामा माथिल्लो तहमा पद रिक्त भएपछि उनीहरूलाई एसपी पदमा बढुवा गर्न सिफारिस गरिएको उल्लेख छ ।

यस्तै, बढुवा सिफारिसप्रति असन्तुष्टि भए प्रतिस्पर्धीहरूले सात दिनभित्र उजुरी सुन्ने समितिमा निवेदन दिन सक्ने व्यवस्था पनि गरिएको छ ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like