Monday, June 1, 2026

प्रधानन्यायाधीश फेरिएसँगै सर्वोच्चमा शक्ति समीकरण बदलियो, कुमार रेग्मीको वरिष्ठतम् पद खोसियो


काठमाडौं । सर्वोच्च अदालतमा डा. मनोजकुमार शर्मा प्रधानन्यायाधीश नियुक्त भएसँगै न्यायाधीश कुमार रेग्मीले वरिष्ठतम् न्यायाधीशको हैसियत गुमाएका छन् । साथै, न्याय परिषद् सदस्यको रूपमा रहेको उनको जिम्मेवारी पनि समाप्त भएको छ ।

यसअघि कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालिरहेकी सपना प्रधान मल्ल न्याय परिषद्को अध्यक्ष रहँदा रेग्मी वरिष्ठतम् न्यायाधीशका रूपमा परिषद् सदस्य थिए । तर मंगलबारदेखि मल्ल कामु प्रधानन्यायाधीशबाट हटेपछि सर्वोच्च अदालतको आन्तरिक वरियतामा परिवर्तन आएको हो ।

नयाँ व्यवस्थाअनुसार सपना प्रधान मल्ल अहिले प्रधान वरिष्ठतम् न्यायाधीश बनेकी छन् । सर्वोच्च अदालत प्रशासनले उनको च्याम्बर एनेक्स भवनको तेस्रो तलामा व्यवस्थापन गरेको जनाएको छ ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like