Monday, June 1, 2026

संसदीय समितिमा आज गहन छलफल : नार्कदेखि सुकुमबासी व्यवस्थापनसम्म एजेन्डा


काठमाडौँ । संघीय संसदअन्तर्गत आज तीन वटा विषयगत संसदीय समितिको बैठक बस्दैछ । संसद सचिवालयका अनुसार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक मामिला समिति तथा राज्यव्यवस्था तथा सुशासन समितिले आ–आफ्ना कार्यसूचीमाथि छलफल गर्नेछन् ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को समग्र अवस्था, सञ्चालन भइरहेका अनुसन्धान कार्यक्रम, देखिएका चुनौती तथा भावी कार्ययोजनाबारे प्रस्तुतीकरण र विस्तृत छलफल हुने कार्यसूची तय गरिएको छ ।

त्यसैगरी, महिला तथा सामाजिक मामिला समितिको बैठकमा आदिवासी जनजाति आयोगको कामकारबाहीको समीक्षा गरिनेछ । आयोगका पदाधिकारीलाई बैठकमा बोलाएर हालसम्मको प्रगति, कार्यसम्पादनका चुनौती र आगामी योजनाका विषयमा छलफल गरिने जनाइएको छ ।

यता, राज्यव्यवस्था तथा सुशासन समितिले काठमाडौँ उपत्यकाभित्रको सुकुमबासी व्यवस्थापनसम्बन्धी विषयमा केन्द्रित भएर छलफल गर्ने भएको छ । बैठकमा सहरी व्यवस्थापन तथा सुकुमबासी समस्याको दीर्घकालीन समाधानका उपायबारे सरोकारवाला निकायसँग परामर्श गरिनेछ ।

सचिवालयका अनुसार आजका बैठकहरूमा सम्बन्धित मन्त्रालयका प्रतिनिधि र विभिन्न निकायका प्रमुखहरूको समेत सहभागिता रहनेछ ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like