- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौँ | सांसद निशा डाँगीले भारतीय नम्बर प्लेट भएका सवारी साधन नेपाल प्रवेश पाउने प्रक्रियामा दुरुपयोग भएको बताएका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा उनले भनिन् कि नियमअनुसार एक दिनको प्रवेश पास लिएर आएका सवारी साधनहरू फिर्ता जानुपर्ने हो, तर व्यवहारमा ती सवारीहरू नेपालमै निजी तथा सार्वजनिक रूपमा सञ्चालन भइरहेका छन्। उनले यसले भन्सार शुल्क तिरेर भित्र्याइएका सवारीहरूमा प्रत्यक्ष असर पुर्याएको उल्लेख गरिन्।
डाँगीले भनिन्, “मेरो निर्वाचन क्षेत्र मेचीनगर मात्र होइन, सबै सीमा क्षेत्रमा भारतीय नम्बर प्लेट भएका सवारीका कारण यातायात व्यवसायी र चालकहरू प्रभावित छन्।”
सांसद डाँगीले दुर्घटना भएको खण्डमा क्षतिपूर्ति पाउन समस्या हुने, सीमा नाकामा अनुगमन गर्ने, र डे पासको दुरुपयोग रोक्ने माग समेत उठाएकी छन्।