Thursday, April 16, 2026

चैत २७ मा उपसभामुख निर्वाचन: रास्वपाको समर्थन कसलाई?


काठमाडौं | प्रतिनिधिसभाको उपसभामुख पदका लागि निर्वाचन यही चैत २७ गते हुने तय गरिएको छ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले निर्वाचन मिति घोषणा गरेका हुन्। यसअघि चैत २२ गते सम्पन्न सभामुख निर्वाचनमा अर्याल एकल उम्मेदवार रहेकाले निर्विरोध निर्वाचित भएका थिए।

प्रतिनिधिसभा नियमावलीअनुसार सभामुख चयन भएसँगै उपसभामुखको निर्वाचन प्रक्रिया अघि बढाइएको हो। नियमअनुसार सभामुखले तोकेको मितिमा उपसभामुखको निर्वाचन हुने व्यवस्था छ।

संवैधानिक प्रावधानअनुसार सभामुख र उपसभामुख फरक दल र फरक लिङ्गका हुनुपर्ने व्यवस्था भए पनि विशेष परिस्थितिमा एउटै दलबाट पनि दुवै पदमा प्रतिनिधित्व हुन सक्ने व्यवस्था रहेको छ।

हाल प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी सहित ६ दलको उपस्थिति छ। रास्वपा दुई तिहाइ नजिक रहेको र सबैभन्दा ठूलो दल भएकाले उपसभामुख चयनमा उसको समर्थन निर्णायक रहने देखिएको छ।


Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like