Thursday, April 16, 2026

पूर्वप्रधानमन्त्री देउवा र पत्नीविरुद्ध पक्राउ पुर्जी जारी, दम्पती विदेशमा


काठमाडौं | पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वमन्त्री आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा अनुसन्धान गर्दै आएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जिल्ला अदालत काठमाडौंबाट उनीहरूलाई पक्राउ गर्न अनुमति प्राप्त गरेको स्रोतले जनाएको छ। तर, दम्पती विदेशमा रहेकाले अहिलेसम्म पक्राउ हुन सकेको छैन।

देउवा दम्पती स्वास्थ्य उपचारको लागि सिंगापुर पुगेका थिए र त्यहाँबाट हङकङ तर्फ लागेका समाचारहरू पनि सार्वजनिक भएका थिए।

यसअघि जेनजी आन्दोलनका क्रममा देउवा दम्पतीमाथि कुटपिट भएको, उनका बुढानीलकण्ठस्थित घरमा आगजनी भएको र जलेका पैसाका नोट भेटिएको विषय सार्वजनिक भएको थियो। त्यसपछि सम्पत्ति शुद्धीकरण विभागले देउवा निवासमा मुचुल्का उठाएको थियो। यसबारेको अनुसन्धान हाल सीआईबी मार्फत अघि बढाइएको छ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like