Monday, June 1, 2026

सरकारले वरिष्ठता मिचेर ‘गलत तथ्य’ प्रयोग गरेको आरोप: कामु प्रधान न्यायाधीशको कडा टिप्पणी


काठमाडौंमा कामु प्रधान न्यायाधीश सपना मल्ल प्रधान ले सरकारमाथि न्यायालयको वरिष्ठता प्रणाली मिच्दै गलत तथ्य र लगत प्रस्तुत गरेर हस्तक्षेप गरिएको गम्भीर आरोप लगाएकी छन्।

कानून दिवसका अवसरमा सार्वजनिक कार्यक्रममा बोल्दै उनले संविधान, विधिको शासन र न्यायिक स्वतन्त्रतामाथि दबाब सिर्जना गर्ने प्रयास भइरहेको भन्दै कडा अभिव्यक्ति दिएकी हुन्।

वरिष्ठताको आधारमा आफू प्रधान न्यायाधीश बन्ने स्वाभाविक दाबेदार भए पनि संवैधानिक परिषदसम्बन्धी कानुन संशोधन गरेर आफूलाई पाखा लगाइएको उनको आरोप छ। सो निर्णयपछि आफूले न्यायिक प्रणालीमाथि उठिरहेका प्रश्नहरू खुला रूपमा राख्नुपरेको उनले बताइन्।

कार्यक्रममा उनले न्यायालयलाई स्वार्थअनुसार प्रयोग गर्ने प्रयास भइरहेको संकेत गर्दै विधिको शासन कमजोर बनाउने खतराप्रति चेतावनीसमेत दिइन्। साथै, डर र दबाबमा न्याय सम्पादन सम्भव नहुने भन्दै न्यायाधीशहरूलाई स्वतन्त्र रूपमा काम गर्न आह्वान गरिन्।

कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकारले प्रधान न्यायाधीश छनोटका क्रममा प्रस्तुत गरेको सक्षमता मूल्यांकन र मुद्दा सम्बन्धी तथ्याङ्क नै गलत भएको दाबी गरिन्।

उनका अनुसार सक्षमता केवल अंक वा तथ्याङ्कले मात्र मूल्यांकन गर्न नसकिने विषय हो, र प्रस्तुत गरिएको मुद्दा लगत नै वास्तविकतासँग मेल नखाने खालको रहेको बताइन्।

यसैबीच, सरकारले भने कार्यसम्पादनका आधारमा अन्य न्यायाधीशभन्दा मनोजकुमार शर्माको उपलब्धि राम्रो देखिएको दाबी गर्दै उनलाई प्रधान न्यायाधीशका लागि अघि सारेको बताएको छ।

तर उक्त तथ्याङ्क र मूल्यांकन प्रक्रियामाथि नै विवाद उत्पन्न भएको छ, जसलाई कामु प्रधान न्यायाधीशले समेत प्रश्नको घेरामा ल्याएकी हुन्।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like