- by समाचार कक्ष
- Mar 06, 2025
आइतबार आयोजित एक कार्यक्रममार्फत ट्राफिक प्रहरी कार्यालय प्रमुख नवराज अधिकारी ले फेला परेका सवारीसाधनहरू धनीलाई बुझाएका हुन्। सवारी फिर्ता पाएपछि धनीहरूले खुसी व्यक्त गर्दै प्रहरीप्रति आभार समेत प्रकट गरेका थिए।
ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थान र समयमा हराएका सवारीसाधन खोजी गर्दै फेला पारेको जनाएको छ। हस्तान्तरण गरिएका सवारीमध्ये करिब ३० लाख रुपैयाँ मूल्य पर्ने एउटा मोटरसाइकल समेत रहेको छ।
प्रहरीका अनुसार बबरमहलबाट हराएको अप्रिलिया ब्रान्डको उक्त महँगो मोटरसाइकल कालोपुल क्षेत्रमा फेला पारिएको हो। ट्राफिक प्रहरीका प्रवक्ता एसपी नरेशराज सुवेदी ले उक्त मोटरसाइकल सुरक्षित अवस्थामा फेला पारेर धनीलाई बुझाइएको जानकारी दिए।
सवारी चोरीका घटना बढ्दै गएको भन्दै ट्राफिक प्रहरीले सवारी धनीहरूलाई सतर्क रहन आग्रह गरेको छ। साथै, चोरी नियन्त्रणका लागि ह्विल लक, जीपीएस ट्र्याकिङ प्रणाली तथा साइरन जस्ता सुरक्षा उपकरण जडान गर्न समेत सुझाव दिएको छ।