Monday, June 1, 2026

सुनको मूल्यमा भारी गिरावट: एकैदिन तोलामा २,८०० रुपैयाँ घट्यो


काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुन तथा चाँदी दुवैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ हजार ८ सय रुपैयाँले घटेको हो

महासंघले सार्वजनिक गरेको नयाँ मूल्यसूचीअनुसार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ९ सय रुपैयाँ कायम भएको छ । गत शुक्रबार यही सुन प्रतितोला २ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो

त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ४९ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको छ

सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ । शुक्रबार प्रतितोला ५ हजार ११५ रुपैयाँ रहेको चाँदी आज १०५ रुपैयाँले घटेर प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ

यस्तै, १० ग्राम चाँदीको मूल्य ४ हजार २ सय ९५ रुपैयाँ कायम भएको छ |

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like