- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं । सुनको मूल्यमा वृद्धि भएको छ भने चाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सोमबारका लागि निर्धारण गरेको दरअनुसार बजारमा यस्तो परिवर्तन देखिएको हो।
महासङ्घका अनुसार सोमबारका लागि सुनको मूल्य तोलामा ३ लाख ९ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ। अघिल्लो दिन सुनको मूल्य ३ लाख ९ हजार ४०० रुपैयाँ रहेको थियो।
यसैगरी चाँदीको मूल्य भने घटेको छ। सोमबार चाँदी तोलाको मूल्य ५ हजार २७० रुपैयाँ कायम गरिएको छ। आइतबार भने चाँदीको मूल्य ५ हजार २६५ रुपैयाँ रहेको थियो।