Monday, June 1, 2026

सुन बजारमा ठूलो गिरावट: एकैदिन तोलामा साढे ५ हजारले घट्यो भाउ


१४ जेठ, काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ । एकैदिन सुनको भाउ प्रतितोला ५ हजार ५ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार बिहीबारका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार रुपैयाँ निर्धारण गरिएको छ । अघिल्लो दिन यही सुन २ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेपछि त्यसको प्रभाव नेपाली बजारमा पनि परेको महासंघले जनाएको छ । पछिल्ला दिनहरूमा सुनको भाउ लगातार ओरालो लागिरहेको देखिएको छ । गत बिहीबार सुन प्रतितोला २ लाख ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो भने गत माघ १५ गते हालसम्मकै उच्च ३ लाख ३९ हजार रुपैयाँ पुगेको थियो ।

यस्तै चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ८० रुपैयाँ रहेको चाँदी बिहीबार २ सय १५ रुपैयाँले घटेर ४ हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like